You are viewing the translated version of परिषद्को बैठक.
Section 8
परिषद्को बैठक
(१) परिषद्को बैठक वर्षको कम्तीमा चार पटक बस्नेछ।
(२) उपदफा (१) बमोजिम परिषद्को एक बैठक र अर्को बैठकबीचको अन्तराल चार महिनाभन्दा बढी हुने छैन।
(३) परिषद्को /बैठक कुलपतिले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(४) परिषद्को बैठक बस्नुभन्दा कम्तीमा सात दिन अगावै बैठकमा छलफल: हुने विषयको प्रस्तावको कार्यसूची सहितको सूचना परिषद्को संदस्य-संचिवले सबै सदस्यलाई दिनु पर्नेछ।
(५) परिषद्मा तत्काल कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(६) परिषद्को बैठकको अध्यक्षता कुलपतिले गर्नेछ र निजको अनुपस्थितिमा बैठकको अध्यक्षता उपकुलपतिले गर्नेछ।
(७) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(८) परिषद्को बैठकको निर्णय परिषद्को अध्यक्षता गर्ने व्यक्ति र सदस्य-सचिवबाट प्रमाणित गरी अभिलेख राख्नु पर्नेछ।
(९) परिषद्को बैठकमा विश्वविद्यालयका प्राध्यापक वा विद्यार्थी प्रतिनिधि वा विशिष्ट स्वदेशी वा विदेशी विद्वान् वा ख्यातिप्राप्त विश्वविद्यालयका प्राध्यापक वा शिक्षाविद्लाई आमन्त्रण गर्न सकिनेछ।
तर त्यस्तो व्यक्तिलाई मत दिने अधिकार हुने छैन।
(१०) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।